महोत्तरी ३ को नेपाली काँग्रेस अधिवेशनमा झडप

mahottari congress 1ia045s2Up

जनकपुर ।

नेपाली काँग्रेस महोत्तरी-३ को अधिवेशनमा झडप भएको छ । जारी क्षेत्रीय अधिवेशनको बन्दसत्रमा दुई पक्षबीच झडप भएको हो ।

संस्थापन इतरका विमलेन्द्र निधि र रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको बन्द सत्रमा सहभागीहरूले बताएका छन् ।

महोत्तरी–३ बाट मनोज झा, रागवेन्द्र झा र रामु यादव सभापतिको आकांक्षी छन् । मनोज झा र रामु यादव विमलेन्द्र निधिनिकट मानिन्छन् भने रागवेन्द्र रामचन्द्र पौडेल निकट हुन् ।

काँग्रेसका पूर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारीका कारण झडप भएको निधि निकट नेताहरूले आरोप लगाएका छन् । ‘रागवेन्द्र झालाई सभापति बनाउने विवादले समस्या सिर्जना भएको हो’ काङ्ग्रेस महोत्तरीका सचिव शम्भु पाठकले भने ।

तिवारीले चुनावभन्दा पनि रागवेन्द्र झालाई सर्वसम्मत सभापति बनाउनुपर्ने अडान गरेको तर विमलेन्द्र निकट नेताहरूले अस्वीकार गरेपछि तिवारी पक्षले टोले गुण्डा परिचालन गरेको आरोप छ ।

मनरासिस्वा नगरपालिका–८ मा बाँकी रहेको वडा अधिवेशन पनि तिवारी पक्षकै कारण अगाडि बढ्न नसकेको निधि पक्षको आरोप छ । ‘

तिवारी तथा पौडेल समूहले वडामा चुनावको तयारी हुँदै गर्दा फर्जी मतदाता ल्याएर निर्वाचन भाँड्न खोजेको आरोप छ  क्षेत्र नम्बर ३ का उपसभापति विजय साहले भने ।

बन्द सत्रमा भएको झडपमा नेता रामु यादव सामान्य घाइते भएका छन् । तिवारी पक्षले बन्द सत्रमा नै गुण्डा परिचालन गरेपछि निधि समूह छलफल नै नगरी बाहिरिएको साहको भनाइ छ ।

madhesh24

सत्य र तथ्यमा हाम्रो पहुँच !

प्रतिक्रिया