जनकपुर ।
रौतहटको दक्षिणीभेग राजपुर नगरपालिकामा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ।
राजपुर–५ निवासी झुनु साहका तीन वर्षीय छोरा शिवजी साह आफ्नै घरको छतबाट खसेका थिए ।
उनको उपचारको कर्ममा मृत्यु भएको स्थानीय एमाले नेता किरण साहले बताएका छन् ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
