सबैला(धनुषा)।
आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ ।
यसवर्ष ‘स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागुपदार्थको चुनौतीतर्फ सम्बोधन’ भन्ने नाराका साथ मनाउन लागिएको छ । नेपालमा गाँजा र भाङ, अफिमलगायतको मिश्रण पदार्थलाई लागुऔषध मानिन्छ । गृह मन्त्रालयका अनुसार नेपालमा ८० प्रतिशत दुर्व्यसनको मुख्य कारण गाँजा रहेको छ ।
सुरुमा चुरोट गाँजाबाट कुलतमा बस्ने र पछि कडा प्रकारका लागुऔषध प्रयोग गर्ने पाइएको लागुऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्रप्रसाईँ बताउनुहुन्छ । दुर्व्यसन बढ्दै गएपछि गृह मन्त्रालयले रोकथाम तथा नियन्त्रण गुरुयोजना बनाएर लागू गरेको छ ।
त्यस्तै, लागू अैाषध तथा मादक पदार्थ नियन्त्रण सम्बन्धिको जनचेतनामूलक कार्यक्रम धनुषामा पनि भव्यको साथ मनाएका छन्।
जिल्लाको सबैला नगरपालिकाको आयोजनामा तथा ईलाका प्रहरी कार्यलयको सहयोगमा श्री सरस्वती मा.वि.ठिल्ला, सबैलामा उक्त कार्यक्रम समापन गरिएको हो।
ईलाका प्रहरी कार्यलय सबैलाको इन्चार्ज (प्रहरी-निरीक्षक) श्री राज कुमार सिंह, प्रहरी नायव निरीक्षक श्री विमलेश कुमार यादव,प्रहरी हवलदार श्री गंगा प्रसाद मण्डल तथा सरस्वती मा.वि.का प्र.अ.श्री नथुनी साह सर ,वरिष्ठ मा.वि.शिक्षक श्री अरुण कुमार ठाकुर सर ज्यूको उपस्थितमा अध्यनरत कक्षा ९ र१० का छात्रछात्राहरुलाई लागु पदार्थको सेवनबाट विद्यार्थी , विद्यालय परिवार, समाज ,राष्ट्र र विश्व समूदायमा हुने नोक्सान तथा यसबाट बच्ने उपायबारे जनचेतनामूलक कार्यक्रम "विश्व लागूपदार्थ ओसार-पोसार विरुद्धको कार्यक्रम समापन गरिएको छ।

