जनकपुर ।
धनुषाको एक सामुदायिक विधालयको प्रधानाध्यापकमाथि दुर्व्यवहार भएको छ। औरही गाउँपालिका १ स्थित राम जानकी विधालय झिटकोहियाका प्रधानाध्यापक मदन महरालाई अभिभावक भेलामा कालोमोसो दलिएकाे छ।
शनिबार विधालयका प्रधानाध्यापक महराले बोलाएको अभिभावक भेलामा वादविवाद हुँदा स्थानीय रामनाथ यादवले प्रधानाध्यापकलाई कालोमोसो दलेर दुर्व्यवहार गरेका हुन्।
'प्रदेश सरकारबाट विधालयको मर्मत सम्भार एवं शैक्षिक सुदृढीकरणको लागि ३० लाख रूपैयाँ र संघीय सरकारबाट चार कोठे भवन निर्माणका लागि ३६ लाख रुपैयाँ आएको छ। सोही पैसा कहाँ कसरी खर्च गर्ने भनेर अभिभावक भेला बोलाएका थियौं, प्रअ महाराले भने,
'बैठकमा शिक्षक र अभिभावकहरुबीच छलफल चलिरहेका बेला केही अभिभावकले सम्बन्धित विषयभन्दा बाहिर गएर विधालयको हिसाबकिताब माग्न थाले त्यतिकैमा स्थानीय रामनाथ यादवले जुरुक्क उठेर पछाडिबाट मेरो अनुहारमा कालोमोसो दलेर फरार भए।'
'विधालयको अवस्था पहिला कस्तो थियो र म प्रअ भएकोदेखि विधालयमा कति सुधार भएको हो त्यो सबैको सामुन्ने छ।
तर राजनीतिक खिचातानीका कारण यहाँका केही अभिभावक मलाई नै भर्याङ बनाएर विधालयमा राजनीति गर्न खोज्दैछन्। त्यस्तो गर्न नदिँदा म पहिला पनि यिनीहरूको शिकार भएको हौं। ६/७ महिना पहिला पनि मलाई यहाँबाट पठाउन खोजेकै थिए।
तर मलाई रोक्न बिद्यार्थीहरु आन्दोलनमा उत्रेपछि उनीहरूको जोर चलेनन्,' प्रअ महराले भने, 'मैले विधालयको अधुरो कामको लागि तत्कालीन गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादवसँग गाउँपालिकाबाट विधालयको लागि रकम छुट्टयाइँ दिन आग्रह गरेकाे थिए।
उहाँले ३६ लाख रुपैयाँ राखिदिनु भएको थियो। तर पैसा राखेको बापत मैले भनेको मान्छेलाई विधालय ब्यवस्थापन समितिको अध्यक्ष बनाउनुपर्छ भन्यो। म कसरी कसैलाई अध्यक्ष बनाउन सक्छु? त्यो त यहाँका स्थानीय र अभिभावकले बनाउने हो।'
गाउँपालिकाका पूर्व अध्यक्ष यादवले भने अनुसार काम नगर्दा उनले पूर्व योजना अनुसार आफूलाई बदनाम गराउने नियतले केही मान्छेलाई म विरुद्ध उचालेको प्रअ महराले आरोप लगाए।
'विधालयको एक मात्र आम्दानीको श्रोत रहेको पोखरी १ वर्षदेखि ठेक्का लागेको छैन। विद्यार्थीहरुलाई दिँदै आएको खाजा बन्द गरिएको छ।
विधालयमा ब्यवस्थापन समिति नहुँदा अभिभावकले सोधखोज गर्ने प्रअसँग नै हो,' यादवले भने, 'प्रअले जवाफ दिनुपर्छ एक हप्ता अघि मात्रै विधालयको खाताबाट ५ लाख रुपैयाँ निकालेको छ।
त्यो कुन काममा खर्च भयो सार्वजनिक गर्नुपर्दैन? प्रअले विधालयमा आर्थिक हिनामिना गरेको छ। हामीले त्यसको प्रमाण फेला पारिसकेको छौं। त्यो छिट्टै सार्वजनिक गर्छौं।'
