जनकपुर ।
दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक नाइट क्लबमा आइतबार २२ जना मृत फेला परेका प्रहरीले जनाएको छ ।
उनीहरूको मृत्युको कारण र विवरण भने सार्वजनिक भएको छैन ।
‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाभन्दा बढीको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौँ’।
प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले एएफपी समाचार समितिलाई उक्त जानकारी दिएका छन् ।
घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि उनले बताएका छन् । उता स्काई न्युजले भने २२ जनाको शव भेटिएको प्रहरीलाई उदृत गर्दै जनाएको छ ।
प्रहरीका अनुसार भेटिएका कुनै पनि शवमा भने चोटपटक लागेको छैन । भेटिएका सबै शव पोष्टमार्टमका लागि लगिएको जनाइएको छ ।
