भोजपुरी नायक दिनेश लाल यादव ‘निरहुवा’ ले सपनामा पनि सोचेका थिएनन् कि नौ वर्षपछि उनी त्यही लोकसभा सिटको चुनाव जित्नेछन् जसमा कुनै बेला मुलायम सिंहले जितेका थिए । २०१९ मा पनि उनले सपा प्रमुख अखिलेश यादवसँग चुनाव लडेका थिए । तर त्यतिबेला उनी हार्न पुगेका थिए ।
अखिलेश यादवले लोकसभाको सदस्यताबाट राजीनामा दिएपछि यो सीट खाली भएको थियो र भाजपाले निरहुआलाई पुन: उम्मेदवार बनाएको थियो। तर, यसपटक भने निरहुआ विजयी भए । २७ मार्च २०१९ मा, निरहुआ भारतीय जनता पार्टीमा सामेल भएका थिए । अप्रिल २ मा, सरकारले उनलाई वाई-श्रेणी सुरक्षा दिने घोषणा गर्यो, र अप्रिल ३ मा पार्टीले उनलाई समाजवादी किल्ला भनेर चिनिने आजमगढ लोकसभा सीटबाट उम्मेदवार घोषणा गरेको थियो । यसअघि भोजपुरी सिनेमा क्षेत्रबाट मनाेज तिवारी र रवि किशनले चुनाव जितिसकेका छन् ।