जनकपुर। माओवादी केन्द्र महोत्तरीको चुनावी समीक्षा सुरु भएको छ । १८ असारदेखि बर्दिबास नगरपालिकाबाट निर्मम समीक्षा अगाडि बढाइने जिल्ला निर्वाचन समितिका संयोजक तुलसी ढुङगनाले जानकारी दिए ।
निर्वाचनको विषयलाई लिएर दुइपक्षबीच वढदै गएको दुरीलाई ध्यानमा राख्दै माओवादी केन्द्र महोत्तरीले गम्भीर समीक्षा गर्न लागेको हो ।
अघिल्लो निर्वाचनमा जितेका पालिकाहरू गौशाला नगरपालिका, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकालाइ समेत गुमाएको माओवादीले पराजित हुनुको विषयमा गहन समीक्षा अगाडि बढाउने संयोजक ढुंगनाले जानकारी दिए ।
आज बर्दिबासको माइस्थान स्थित पन्चधुरा पाटी प्यालेसमा बर्दिबास नगरपालिकाको समीक्षा हुनेछ।