जनकपुर ।
शनिबार बाँकेमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएकोे छ ।
जिल्लाको कोहलपुर–११ बसपार्कस्थित सडकमा ट्रकले ठक्कर दिँदा बर्दिया ठाकुरबाबा नगरपालिका २ भुरिगाउँकी तारादेवी बोहराकी १२ वर्षीया छोरी सिमा बोहराको मृत्यु भएको हो ।
प्रदेश १–०२००१ ख ९२२९ नम्बरको ट्रकले ठक्जर दिई गम्भीर घाइते बालिकालाई मेडिकल कलेज कोहलपुरमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
