जनकपुर ।
मोरङको कटहरी गाउँपालिका–४ नयाँ बजारकी एक महिलाले वर्षौदेखि पारिवारिक हिंसा भोगिरहेको घटना बाहिरिएको छ ।
शनिबार राति ३३ वर्षीया सरीता सहनीमाथि सामूहिक कु टपिट गरिएको घटना अनुसन्धानका क्रममा उनले भोग्दै आएको हिंसा र यातनाको विषय बाहिर आएको हो ।
आ क्रमणबाट उनको शरीरका विभिन्न भाग चोट लागेको छ । शरीरभरि नील डाम छ । सुन्निएर दुवै हात राम्ररी चलाउन हुँदैन । प्रहरीका अनुसार कुटपिटमा संलग्नले शरीरको कपडा पनि च्यातिदिएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आफ्नै पति मनिष, देवर अनिष र ससुरा जयनारायण सहनीले सरीतामाथि सामूहिक रूपमा कु टपिट गरेको खुलेको छ ।
सासू फुलियादेवी सहनीले हात समातिदिएपछि अरुले लात्ता तथा मुक्काले प्रहार गरेको सरीताले सुनाइन् । महिलामाथि आ क्रमण गर्ने पति मनिष र देवर अनिषलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
परिवारका सबै मिलेर नियन्त्रणमा लिँदै कु टपिट गर्न थाले पनि फुत्किन सफल भएकी उनी हारगुहार गर्दै राति ११ बजेतिर वडाध्यक्ष जीवनेश्वर यादवको घरमा पुगेकी थिइन् । पछ्याउँदै गएका मनिषले वडाध्यक्षको घरमा पुगेर पनि लात्ता र मुक्का प्रहार गरे ।
‘परिवारका सदस्यबाट आ क्रमण हुन थालेपछि मेरो घरमा आइपुगेर ज्यान बचाइदिन महिलाले हारगुहार गरिन् । मदिराको नसामा रहेका पति (मनिष)ले पछ्याउँदै आएर मेरै अगाडिसमेत कु टपिट गरे,’ वडाध्यक्ष यादवले भने, ‘सम्झाउँदा पनि कुट्न छाडेनन् । ज्यान जाने अवस्था देखेपछि मैले नै प्रहरी बोलाएर जिम्मा लगाइदिएको हुँ ।’ उनका अनुसार सरीतालाई मार्ने नियतले कु टपिट गरेको देखिन्छ ।
महिलाले परिवारका सदस्यबाट वर्षौदेखि हिंसा भोगिरहेको वडाध्यक्ष यादवले बताए । उनले भने, ‘बारम्बार यातना दिने र कुटपिट गर्ने काम भइरहेको रहेछ । उनीहरुबीचको पारिवारिक विवादको विषय मलाई थाहा भएन,’ उनले भने, ‘तर एक जना अवला नारीमाथि परिवारभित्रबाटै वर्षौदेखि ठूलो हिंसा भइरहेको पाइयो ।’
‘वर्षौदेखि मैले कु टपिट, आ क्रमण, यातना र हिंसा सहेर बाँच्नु परिरहेको छ । प्रहरीले पटकपटक पक्रेर थुन्यो पनि । पति हुन्, सुध्रिन्छन् होला भनेर छुटाएर लैजान्थेँ । तर सुध्रिएनन् । उल्टै यातना दिने क्रम बढ्यो,’ उनले भनिन्, ‘अब त परिवारै धुरिएर कु टपिट गर्न थाले । मैले वर्षौदेखि चरम हिंसा भोगिरहेकी छु । ज्यान जाने अवस्था बनेपछि प्रहरीको शरणमा आइपुगें । कुट्नेलाई कारबाही गरेर प्रहरीले न्याय दिन्छभन्ने आशा छ ।’
सरिताको माइती विराटनगर महानगरपालिका–८ मा पर्छ । १४ वर्षअघि मनिषसँग उनको मागी बिहे भएको हो। मनिष र सरीताका तीन सन्तानमध्ये १२ र ९ वर्षका दुई छोरी र ५ वर्षका एक छोरा छन् । जेठी छोरी शारीरिक रूपमा अपांगता छिन् । जन्मजात अपांगता रहेकी उनको दुवै हातको कुइनामुनिको भाग र दुवै खुट्टाको गोलीगाँठादेखि मुनिको भाग नै छैन ।
जेठी छोरी आपांग जन्मिएपछि आफूले यातना र हिंसा भोगिरहेको गुनासो सरीताको छ । ‘यो छोरी जन्मिएपछि बारम्बार कुटपिट गर्ने र यातना दिने काम भइरहेको छ । यही छोरीलाई लिएर घरबाट निस्किएर गइहाल भन्छन्,’ आँसुका धारा बगाउँदै सरीताले भनिन्, ‘अहिले सबै मिली नियन्त्रणमा लिएर मार्ने हिसाबले आ क्रमण गरेका थिए । फुत्किएर जसोतसो भाग्दै वडाध्यक्षको घरसम्म पुग्न सफल हुँदा ज्यान बच्यो ।’
कु टाइको पीडा बोकेर उनी न्याय माग्दै आइतबार विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा आइपुगिन् । साथमा तीनै जना सन्तान पनि ल्याएकी थिइन् । छोराछोरीले पनि आमामाथि कु टपिट भएको सुनाए । घटना बारम्बार दोहोरिरहेको बताए । कु टाइका कारण विक्षिप्त अवस्थामा रहेकी सरीताले घटना र आफ्नो पीडा सुनाउँदा आँसुका धारा बगिरहे । पीडा पोख्दा बोली अड्किएर बेलाबेला भक्कानिन्थिन् ।
‘वर्षौदेखि मैले कुटपिट, आक्रमण, यातना र हिंसा सहेर बाँच्नु परिरहेको छ । प्रहरीले पटकपटक पक्रेर थुन्यो पनि । पति हुन्, सुध्रिन्छन् होला भनेर छुटाएर लैजान्थेँ । तर सुध्रिएनन् । उल्टै यातना दिने क्रम बढ्यो,’ उनले भनिन्, ‘अब त परिवारै धुरिएर कु टपिट गर्न थाले । मैले वर्षौदेखि चरम हिंसा भोगिरहेकी छु । ज्यान जाने अवस्था बनेपछि प्रहरीको शरणमा आइपुगें । कुट्नेलाई कारबाही गरेर प्रहरीले न्याय दिन्छभन्ने आशा छ ।’ गत असोजमा समेत पतिको कु टाइबाट सरीता घाइते भएकी थिइन् । विराटनगरको कोसी अस्पतालमा भर्ना गरेर दुई दिनसम्म उपचार गराउनु परेको आफन्तले बताए ।
सबै बच्चा जन्मदा र पाठेघरको पनि शल्यक्रिया गरेकाले आफू शारीरिक रूपमा कमजोर रहेको सरीताले सुनाइन् । ‘सबैपटक बच्चा जन्माउन नसकेर अप्रेशन गर्नुपर्यो । पाठेघरको पनि अप्रेशन गरिएको छ,’ उनले भनिन्, ‘निक्कै कमजोर अवस्थामा रहेकी ममाथि बारम्बार आक्रमण र कुटपिट हुन्छ । १० दिनअघि पनि पतिले मरणासन्न हुने गरी कुटे ।’
कु टाइका कारण शरीर थिलतिलो हुँदा पीडा सहन नसकेर आफू राम्ररी हिँडडुल गर्न र बोल्न पनि सक्ने अवस्था नभएको उनको गुनासो छ । ‘हात राम्ररी चल्दैन । छात्ती दुखेर मर्ने बेला भयो,’ उनले भनिन्, ‘कुटपिट गरेर शरीरमा लगाएका कपडा च्यातिदिए । तीन तोलाको सुनको सिक्री र मंगलसुत्र पनि खोसेर लगे ।’
सरीता नयाँ बजारमै रहेको भगवती आधारभूत विद्यालयको सहायकका रूपमा कार्यरत छिन् । ‘केही पनि काम नगर्ने पति मनिषले भने सधैँ रक्सी खाएर कु टपिट गर्छन्,’ उनले भनिन्, ‘परिवारका सदस्यलाई समेत उक्साएर मलाई आ क्रमण गर्न लगाउँछन् ।’
महिलालाई कु टपिट गर्नेलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । ‘दोषीलाई कानुनी कारबाही हुन्छ । पीडितको घाउजाँचको प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘घटना हेर्दा परिवारबाट महिला निक्कै पीडित भएको देखिन्छ । न्याय दिलाउने काम प्रहरीले गर्छ ।’ घटनाका बेला कु टपिटमा संलग्नले मापसे (मादक पदार्थ सेवन) गरेको स्वास्थ्य परीक्षण रिपोर्टबाट पुष्टि भएको डीएसपी भनाइ छ ।
