जनकपुर ।
प्रहरीले पसलमा लुकाइराखेको पे स्तोल र गो लीसहित एक पुरुषलाई पक्राउ गरेको छ ।
मंगलवार बिहान पसलमा लुकाई राखेको एक थान पे स्तोल र सोही पे स्तोलमा लाग्ने एक राउन्ड गो लीसहित सर्लाहीको हरिवन नगरपालिका(११, बस्ने ४३ वर्षका छोटेलाल दास पक्राउ परेका हुन् ।
दासलाई सुराकीको आधारमा अवैध ह तियारसहित पक्राउ गरिएको हरिवनस्थित इलाका प्रहरी कार्यलयले जनाएको हो ।
दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए । उनले सञ्चालन गरेको किराना पसलमा खानतलासी गर्दा उक्त हतियार र गो ली बरामद भएको थियो ।
पे स्तोल र गो लीसहित पक्राउ परेका दासलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
