जनकपुर
अमेरिकाको इन्डियाना राज्यस्थित ग्यारीमा एउटा नाइट क्लबमा गो ली चलेको छ ।
घटनामा १० जनालाई गो ली लागेको थियो जसमध्ये तीन जनाको मृत्यु भएको छ।
मारिनेमा एक पुरुष र दुई महिला रहेका छन् । ग्यारी प्रहरीले बिहान १२ बजेर ४६ मिनेटमा गोली चलेको जानकारी प्राप्त गरेको बताएको छ ।
घाइते ७ जनालाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ । यो वर्ष अमेरिकामा भएको सामुहिक गो लीबारीको २६३ औँ घटना हो ।
सोमबार मात्र अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा शिकागोमा आयोजित परेडमा गो ली चलेको थियो।
घटना शिकागोको उपनगर हाइल्याण्ड पार्कमा भएको हो। घटनामा छ जनाको मृत्यु भएको र १६ जना घाइते भएका थिए ।