दिवेश कुमार
जनकपुर ।
मिथिला युवा सञ्जाल ढल्केबर धनुषाको सहयोगमा आज दोस्रो पटक मिथिला नगरपालिका को हक्की खेलाडीहरुलाई खेलाडी ड्रेस वितरण गरिएको छ।
बुधबार संजालको अगुवाइमा श्री जनता माध्यमिक विद्यालय नक्टाझिजमा अध्यनरत हक्की खेलाडि बिद्यार्थीहरुलाई खेलाडी ड्रेस अन्तगर्त जुत्ता, टि-शर्ट, पेन्ट प्रदान गरिएको कुरा संजालका उपाध्यक्ष विवेक ठाकुरले बताए।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै श्री जनता माध्यमिक विद्यालय नक्टाझिजका प्रधानाध्यापक श्याम कुमार यादवको भनाई अनुसार हिजो सम्म हक्की खेलको बारेमा केही थाहा नभएका खेलाडीहरुलाई आज परिपक्व बनाई राष्ट्रिय स्तरको खेल सम्म पुग्न सफल भएको पछाडि यसै विधालयका प्रशिक्षक श्याम बाबु नायक र क्लबका अध्यक्ष अरुण कुमार महतो को हात रहेको बताउनुभयो र मिथिला युवा संजालले दोस्रो पटक प्रतिबद्धता गरे बमोजिम सहयोग गरेर खेलाडी विधार्थीहरु माथि उत्साह थपेको प्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिएका थिए।
धनुषा जिल्लामा धेरै संघसंस्थाहरु रहेका छन्। धनुषाको मिथिला नगरपालिका मै धेरै संघसंस्थाहरु पनि सक्रिय रुपमा काम गरिरहेका छन्। तर नगरपालिका भित्र रहेका समस्याहरु लाई उजागर गरेर ,सम्भावित पक्षलाई प्राथमिकता मा राखेर काम गर्ने संस्था मध्ये मिथिला युवा संजाल ढल्केबर धनुषालाई लिन सकिन्छ।
विगतको वर्ष पनि बृध्दबृध्दाहरुलाई अनेकौ प्रकारको सहयोग गर्दै मिथिला नगरपालिका भित्र रहेका सम्भावित राष्ट्रिय स्तरको हक्की खेलाडीहरुलाई उत्साह र उमंग थप प्रदान गर्न मिथिला युवा संजालले गरेको पहलदायी कामको कदर गर्दै यस संस्थाले गरेको कामकाजको मुल्यांकन गरी अरु संस्थाले पनि यस सञ्जालबाट प्रेरणा लिन सकिन्छ भन्ने हिमालय युवा क्लबका पुर्वअध्यक्ष एवम् क्लबका संरक्षक अरुण कुमार महतो को भनाई थियो।
सञ्जालले यो भन्दा पहिला पुरुष हक्की खेलाडीहरुलाई टि-शर्ट,पेन्ट, जुत्ता दिएर सहयोग गरेको थियो भने सोही क्रममा पुन दोस्रो पटक सहयोग गर्दै महिला हकी खेलाडिहरुलाई टि-शर्ट, पेन्ट जुत्ता दिएर सहयोग गरेका छन्।
उक्त कार्यक्रमको प्रमुख अतिथि मिथिला युवा संजाल ढल्केवर धनुषाका अध्यक्ष इ. मनिष कुमार महतो, विशिष्ट अतिथिहरुमा सञ्जालका उपाध्यक्ष विवेक ठाकुर, हिमालय युवा क्लबका पुर्वअध्यक्ष एवम् क्लबका संरक्षक अरुण कुमार महतो, सचिव भोला साह, सञ्जालका संस्थापक समितिका सदस्य कैलास प्रसाद महतो, सञ्जालका समितिहरु , जनता मावि नक्टाझिज का शिक्षकहरु र हक्की टिम महिला र पुरुष खेलाडीहरूको उपस्थिति रहेको थियो।
