जनकपुर ।
मोरङको जहदा गाउँपालिका-३ हात्तीबन्दा नहर स्थित सिंघिया खोलामा एक जना पुरुषको लास भेटिएको छ ।
आज बिहान नामथर वतन नखुलेको ३५-३६ वर्षीय पुरुषको लास भेटिएको हो ।
प्रहरी चौकी मझारेबाट प्रहरी साहयक निरिक्षकको टोली घटनास्थल पुगेर लासलाई सुरक्षित राखेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
