काठमाडौैं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय फुटबल टिमकी कप्तान रेनुका नगरकोटीको स्वास्थ्य उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार बिहान ग्वार्कोस्थित ‘बी एन्ड बी’ अस्पताल पुगेर मन्त्री गहतराजले रेनुकाको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए ।
“प्रशिक्षणका क्रममा दुःखद घटना भएको छ । हामी रेनुका छिट्टै मैदानमा फर्केको हेर्न चाहन्छौँ,” मन्त्री अथकले भेटपछि भने, “घाइतेको उपचारमा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गर्दछु ।”
रेनुकाको एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा क्यारिकल बोन (ब्युटी बोन) भाँच्चिएको थियो । उनको मंगलबार साँझ शल्यक्रिया गरिएको थियो । रेनुका कम्तिमा १० हप्ता मैदानबाहिर रहने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।