Ad
जनकपुर।
आफ्नै छोराको हत्या गरेको अभियोगमा धनकुटामा एक जना पक्राउ परेका छन् ।
३० वर्षीय सन्तोष ठाडा मगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पाख्रिवास नगरपालिका-९ उत्तरपानी बस्ने ५४ वर्षीय उपेन्द्र ठाडा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
घरायसी वादविवादमा उपेन्द्रले सन्तोषलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ad
Ad
Ad
Ad
Ad