ad
जनकपुर ।
सप्तरी २ मा प्रतिनिधिसभा सदस्य पदका लागि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको उम्मेदवारी परेको छ ।
यादव र राउतले एउटै निर्वाचन क्षेत्र सप्तरी २ मा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् ।
यादव २०७४ को चुनावमा सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । राउतको यो पहिलो प्रतिस्पर्धा हुनेछ ।
राउत गठबन्धनविना नै चुनाव लड्दैछन् । यादव एमालेसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका हुन् ।
सप्तरी २ मा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् ।
Ad
Ad
Ad
Ad