Ad
जनकपुर :
शनिबारदेखि नेपाली हिन्दुहरूको दोस्रो ठूलो पर्व तिहार अर्थात यमपन्चक शुरु भएसँगै मधेसका बजारमा दिपावली र लक्ष्मीपूजाको किनमेल गर्नेको चहल पहल बढ्न थालेको छ ।
मधेसमा दिपावली र लक्ष्मीपूजा निक्कै धुमधामका साथ मनाइन्छ ।
शनिबारदेखि तिहार शुरु भएसँगै वीरगन्जको बजारमा दिपावली र लक्ष्मीपूजालाई चाहिने सरसामान किनमेल गर्नेहरूको चहल पहल बढेको छ ।
दिपावली र लक्ष्मीपूजालाई लक्षित गरी झिलीमिली बत्ती, माटोका दियो र कलश, देवी लक्ष्मीको मूर्ती र तस्वीर, फूल माला, पूजन सामग्री लगायतका पसल सडक छेउ र फूटपाथ मै थापिएका छन् ।
यस्तै धनतरेशका दिन सुन चाँदीका गरगहना, धातुका भाँडावर्तन किन्दा शुभ हुने मान्यता रहेकाले सुनचाँदी र भाडाँका पसलहरूमा पनि ग्राहकको घुइँचो बढेको छ ।
दिपावलीमा भगवानलाई प्रसाद चढाउने र आफैँ पनि खाने भएकाले मिठाइ पसलहरूमा पनि ग्राहकको चहल पहल बढि नै छ ।
ad
Ad
Ad
Ad