Ad
जनकपुरधाम-
धनुषामा घरमा सुतिरहेको अवस्थामा एक महिलाको विभत्स हत्या भएको छ ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो ।
आइतबार राति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल लगिएको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए ।
रितादेवीको हत्याको समयमा उनका श्रीमान् विरेन्द्र अर्को घरमा सुतेका थिए । हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो ।
घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Ad
Ad
Ad
Ad