ad
जनकपुर ।
सिरहाबाट सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले एकै दिन ३१ लाख मूल्य बराबरको समान बरामद गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा र सशस्त्र प्रहरी बल सिरहाबाट खटि गएको सँयुक्त टोलीले बुधबार मात्र ३१ लाख मूल्य बराबरको अवैद्य समान बरामद गरेको हो ।
बुधबार राती २ बजे र दिउँसो समेत दुई ठाउँमा छापामारी गर्दा ३१ लाख बढी मूल्य बराबरको समान बरामद गरी भन्सार कार्यालय सिरहा बुझाएको हो ।
नवराजपुरस्थितबाट बुधबार राती करिब २ बजेको समयमा विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सँयुक्त टोलीले सँजय महतोको घरमा जम्मा गरि राखिएको १६ लाख मूल्य बराबरको समान बरामद गरेको हो ।
Ad
भन्सार छली गरी भारतबाट चोरीलुकी ल्याएको समान विशेष सूचनाको आधारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार, सोही दिन दिउँसो स्थानीय विनोद यादवको घरमा लुकाएर राखिएको १५ लाख मूल्य बराबरको अवैद्य समान बरामद गरी भन्सार बुझाईएको हो ।
सीमामा सिरहा प्रहरीले कडाई गरेपछि अन्य चोरबाटोबाट सर–समानहरु भन्सार छली गरी ल्याउँदा छापामारी समेत गर्नुपरेको डिएसपी बुढाथोकीले जानकारी दिए ।
यसका साथै, ब्रम्हदेव महतोको घरमा र श्रीनारायण यादवको घरमा समेत लुकाएर राखिएको भन्सार छलीको समानहरु भन्सार कार्यालय बुझाईएको हो । सभार: न्यूज ब्यूरो