Ad
जनकपुरधाम ।
नेपाली कांग्रेस मधेस प्रदेशसभा संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् ।
ad
जनकपुरस्थित पार्टीको प्रदेश कार्यालयमा भएको निर्वाचनबाट दलका नेतामा यादव निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार उनले १८ मत ल्याएर निर्वाचित भएका हुन् ।
दलका नेताका लागि उम्मेदवारी दिएका रामसरोज यादवले मात्र ४ मत पाए । कांग्रेसको मधेस प्रदेशमा कुल २२ साँसद छन् ।
दलका नेतामा निर्वाचित यादव पार्टीका मधेस प्रदेश सभापति हुन् । उनी रौतहट क्षेत्र नम्वर १ (२) बाट निर्वाचित भएका छन् ।
दलका नेतामा पराजित रामसरोज मधेस प्रदेशसभाका निवर्तमान दलका नेता थिए । रामसरोज पार्टीको प्रदेश सभापतिमा पनि उनैबाट पराजित भएका थिए ।
दलका नेता बनेका यादव पार्टी सभापति शेरबहादुर देउवा छन् भने रामसरोज नेता विमलेन्द्र निधी समूहका छन् ।
Ad
Ad
Ad
Ad