.
जनकपुर ।
पर्सामा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गर्ने युवक पक्राउ परेका छन् ।
.
वीरगञ्ज महानगरपालिका-१२ बस्ने रौतहट वृन्दावन नगरपालिका-१ घर भएका ३६ वर्षीय अजय कुमार यादवको प्र.२-०३-०१२ प २६३८ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा बारा कोल्वी नगरपालिका-७ बस्ने २० वर्षीय भुवन चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
.
पार्किङ गरी राखिएको अवस्थाबाट चौधरीले उक्त मोटरसाइकलको लक तोडी डोर्याउँदै गरेको अवस्थामा स्थानीय तथा सवारीधनीले हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको थियो ।
.
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
.
.