.
जनकपुर :
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रमको प्रतवेदन बुझाएका छन्।
.
सत्तारुढ दलका तर्फबाट संयोजक बनेका अर्थमन्त्री पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार प्रतिवेदन बुझाएका हुन्।
सत्तारुढ दलहरूको बालुवाटार भएको बैठकमा प्रतिवेदन बुझाइएको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सहभागी थिए।
न्यूनतम साझा कार्यक्रममा राप्रपा, जसपा र जनमतका एजेण्डाहरू समावेश गरिएका छन्। उनीहरूले सरकारमा सहभागी हुन शर्त अघि सारेका थिए।
.
.
.
.