.
जनकपुर :
अमेरिकाको भर्जिनियामा राज्यमा एक जना छ वर्षीय बालकले आफ्ना गुरुलाई गोली हानेर गम्भीर घाइते बनाएका छन्।
.
पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा एक छ वर्षीय बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएको स्थानीय प्रहरीले जनाएको छ।
.
प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न भएकी छन्। उनको ज्यान जोखिममा रहेको बताइएको छ।
.
त्यति सानो शिशुले कक्षाकोठामा बन्दुक कहाँबाट ल्यायो भन्नेबारे अनुसन्धान भइरहेको छ। बालकलाई हिरासतमा राखिएको छ।
.
.
.
.