.
जनकपुर ।
सिरहाको मिर्चैयामा अवस्थित सगरमाथा मा.वि को कक्षा-८ मा अध्ययनरत रहेकी एक बालिकालाई महिनावारीले गर्दा पेट दुख्दा एक शिक्षिकाले औषधि संग स्पिरिट(Spirit) खुवाउदा बालिकाको मृत्यु भएको घटनाप्रति मधेशी आयोगको गम्भीर ध्यानाकर्षण भएको छ |
आयोगका माननीय सदस्य जिवछ साहज्यूले सो घटना सम्बन्धमा जिल्लाका प्र.जि.अ सहितका सुरक्षा निकायका प्रमुख संग टेलिफोन सम्पर्क गरी जानकारी लिदै छिटो सत्यतथ्यको अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याउन तथा मिर्चैयाको तनावग्रस्त स्थितिलाई शान्त बनाउन निर्देशन दिनुभएको छ |
घटनाको जानकारी भएपछी आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यूले यस्ता संवेदनशील घटनामा दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले कुनै कसर बाँकी नराख्ने बताउनुभएका छन् |
सो घटनाको स्थलगत अनुगमनको लागि आयोगले एक टोली समेत पठाउने व्यहोरा जानकारीको लागि अनुरोध छ |
.
.
.
.
.