.
जनकपुर ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन् ।
.
मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ दलबाट आएका सांसदहरुको मनमा आवेग र हुटुहुटी भएको बताएपछि अध्यक्ष राउतले त्यसको जवाफ फर्काएका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिँदै अध्यक्ष राउतले भने । ‘प्रधानमन्त्रीज्यूले नयाँ दलहरुको आगमनलाई स्वागत पनि गर्नुभयो ।
र भन्नुभयो उहाँहरुसँग आवेग पनि छ । हामीसँग आवेग मात्रै होइन अग्रजहरुपनि ढुक्क रहन आग्रह गर्न चाहन्छु ।
हामीभित्र देखिएको आवेग जनताभित्र रहेको परिवर्तनको आकँंक्ष मात्रै हो। देखिएको परिवर्तनको उर्जा मात्रै हो ।’
उनले अहिले देशमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता समेत जनाए ।
.
.
.
.