.
जनकपुर ।
जुम्लाको गुठिचौर ३ गर्जाङ्कोटमा अवस्थित एक घरमा आगलागी भएको छ । स्थानीयवासी गोपाल गिरीको घरमा आगलागी भएको हो ।
बुधबार बेलुका ५ बजे तिर आगलागी भएको झारज्वला प्रहरी चौकीका सई जगत बहादुर ऐरले बताए ।
.
उनका अनुसार ३ तलाको घर पुरै जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । अहिले स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।
.
.
.
.