.
जनकपुर ।
जातीय छुवाछुत तथा दुर्व्यवहार गरेको आरोपमा पोखरा महानगरपालिका वडा नं. २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् ।
उनी स्थानीय दलित महिला सदस्य मैया नेपालीमाथि जातीय दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।
आफूमाथि जातीय दुर्व्यवहारसहितको गाली गलौज गरेको भन्दै दलित महिला सदस्य नेपालीले पुस २२ गते आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धानका अधिकारीलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानु खड्काले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार प्रहरीमा दिएको जाहेरीमा भरतबहादुरलाई जातीय तथा सामाजिक छुवाछुत र भेदभाव कसुरमा कारबाही गर्न माग गरिएको छ ।
वडाध्यक्ष सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले कानुनअनुसार थप ५० प्रतिशत बढी सजाय दिन पनि माग गरिएको प्रहरीले जनाएको छ ।
‘तेरो तीन पुस्तादेखि मेरो घरको जुठो काम गरेर बाँचेका हौ । तँलाई महानगरले दिने १५ हजार तलब र सेवा सुविधा त मैले घरमा काम गर्ने नोकरलाई दिन्छु ।
तिमीहरू कामी, दमै, सार्कीको हैसियत भनेको मागेर थापेर खाने हो । ठूली पल्टिन्छेस् ?’ प्रहरीमा दर्ता भएको जाहेरीमा उल्लेख छ ।