.
जनकपुर ।
जिल्ला कारागार तनहुँमा जेल सजाय भुक्तान गरिरहेका पल शाहलाई लिएर चलचित्र ‘ओ सजन’ बन्ने भएको छ ।
.
नवलपुर अदालतले साढे २ वर्षको कैद सजाय सुनाएका शाहलाई लिएर ‘ओ सजन’ निर्माण गर्न चलचित्र विकास बोर्डबाट अनुमति लिइएको छ ।
.
उनीसँगै कविता राय र आरएल लामा पनि अनुबन्ध भएको खबर सार्वजनिक भएका छन् । चलचित्र रायले नै निर्माण गर्न लागेकाे बुझिएको छ ।
यता तनहुँ जिल्ला अदालतको फैसला सुनाउन बाँकी रहेको छ । पलले भने उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।
.
निर्माताले शाह जेलमा रहेको अवस्थामा नै उनलाई मुख्य भूमिकामा लिएर चलचित्र बनाउन अनुमति लिएका हुन् ।
.