.
जनकपुर :-
विद्युतबाट आगो लगेर मुर्गा फार्म र मोटरसाईकल जलेर नष्ट भएको छ।
मधेस प्रदेश राजधानी भन्दा केही दुरी रहेको धनुषाको धनौजी गाउँपालिकामा विद्युतबाट आगो लगेर एक जनाको फार्म जलेर नष्ट भएको छ।
.
फार्म जलेर नष्ट भएको धनौजी गाउँपालिका वडा नम्बर १ बस्ने लक्ष्मी साहको फार्म रहेको छ। अचानक बिजुलीको सटका कारण आगो लगेको थियो ।
शनिबार बेलुकी ५ बजे तिर विद्युतबाट आगो निर्भा भएर फार्ममा आगो लगेको थियो । आगो नियन्त्रण हुन नसकेको भएकोले त्यसमा रहेको मुर्गा र चल्लाहरु सबै नष्ट भएको छ।
आगोले गर्दा प्र.२-०२००२ प ५७१३ टि.भि.एस कम्पनीको एक मोटरसाईकल सहित जलेर नष्ट भएको छ।
आगोका कारण फार्ममा रहेको सबै बस्तुहरु जलेर नष्ट भएको छ। कुनै प्रकारका मानवीय क्षति भएको छैन।
.
.
.