.
जनकपुर :
धनुषाको औरही गाउँपालिका -१ पौडेश्वरमा लु ७१ प १७६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय भुलर यादवको आइतबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
.
त्यस्तै, सप्तरी, विष्णुपुर गाउँपालिका–६ रन्जितपुरमा को१ह ९८५ नम्बरको अटोरिक्सा आइतबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार छिन्नमस्ता गाउँपालिका–१ बस्ने २८ वर्षीया शर्मिला देवी रायको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सप्तरी हुँदै धरान घोपा अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको हो। अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
.
यसैगरी रौतहट चन्द्रपुर नगरपालिका-१ पौराहीमा प्र–२०३–००१ ज ०२२४ नम्बरको म्याजिक गाडीले प्र–२–०३–००८ प ६५८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार सोही नगरपालिका–४ बस्ने २९ वर्षीया कमला पुनको आइतबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको चन्द्रपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
.
घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र म्याजिकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।