जनकपुर :
पोखरामा आइतबार भएको यति एयरलान्सको विमान दुर्घटनामा निधन भएका ७० मध्ये ५० जनाको शव काठमाडौं पठाइँदैछ।
शव ल्याउनका लागि सेनाको हेलिकोप्टर सोमबारै पोखरा पुगेको थियो ।
.
अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शव उठाउने कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ।
चालक दलका सदस्य,पहिचान नभएका र विदेश नागरिकको शव काठमाडौं पठाउन लागिएको हो।
दुर्घटनामा निधन भएका बाँकी २० को शव भने पोखरामा परीक्षणपछि आवश्यक प्रक्रिया पूरा गरेर आफन्तलाई बुझाइनेछ।
काठमाडौं ल्याइएका शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिनेछ।
दुर्घटनामा बेपत्ता दुईजनाको खोजीकार्य आज पनि जारी छ। नेपाली सेना,नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेको छ।
आइतबार काठमाडौंबाट चालक दलका ४ जना सदस्यसहित ६८ यात्रु लिएर यति एयरलाइन्सको विमान पोखरा उडेको थियो।
पोखरा विमानस्थलमा अवरणका क्रममा सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा १५ विदेशी नागरिकको पनि मृत्यु भएको छ।