.
जनकपुर -
मनरा शिस्वा नगरपालिका ६ बस्ने २३ वर्षीय हदिस नदाफ साथीहरुको कुटपिटबाट घाईते भई जनकपुुर स्थित अस्पतालमा उपचारार्थ भर्ना छन् ।
घाइते नदाफका आमा मामिना खातुनको अनुसार मनरा शिस्वा ६ बस्ने साजन ठाकुरले घरबाट बोलाएर लगि कुटपिट गरेका हुन् ।
.
खातुनले भनिन्, “मेरो छोरो हदिसलाई ठाकुरले घरबाट पुस १४ आफ्नो ज १२ प ५५७९ नम्बरको मोटरसाईकलमा बसाएर लगेको थियो ।
त्यति बेला मैले किन कता लैजान लागेको , तिमीहरु सीमापारि गएर नसा खाने गरेका छौं ।मेरो छोरालाई केहि भयो यसको जिम्मा कसले लिने ।”
तर ठाकुरले कामले जान लागेको बिश्वास गर्नु केहि हुदैन भनेर हदिसलाई लिएर गएको खातुनले सुनाईन्।” सोहि दिन साझ मनरा शिस्वा ३ सरपल्लो र भोल्ही जानेबाटोमा हदिसको टाउकोमा चोट लागेको अवस्थामा देखेपछि स्थानीय विजय मण्डलले स्थानीय प्रहरी ईटहर्वाकट्टीलाई जानकारी गराएका थिए।
प्रहरीले जानकारी पाए लगतै घटना स्थल पुगेर नदाफलाई सरपल्लो स्थित रहेको प्राथमिक स्वास्थ केन्द्रमा लगेका थिए तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर स्थित नियुरो हस्पिटलमा रेफर गरिएको थियो ।
नदाफको टाउँको शल्यक्रिया गर्नु परेको अहिले पैसाको अभावमा उपचार एक हप्ता देखि औषधी उपचारमा समस्या भएको आमा खातुनले बताइन् । खातुन भन्छिन् “म गरिब मान्छे, न जग्गा जमिन छ ।अस्पताललाई कहाँबाट दिनु यत्रो पैसा ।
” खातुनले आफ्नो छोरालाई घरबाट लिएर जाने साजन ठाकुरले आक्रमण गरेर घाइते बनाएको हुँदा प्रहरी कार्यालयमा निवेदन दिएपनि प्रहरीले सुनवाई नगरेको आरोप लगाईन् ।
उनले घटनामा संलग्न उपर कार्वाही र क्षतिपूर्ति उपलल्ब्ध गराई दिन संचारकर्मी र अधिकारकर्मीहरु संग आग्रह गरेकी छिन् ।