.
जनकपुर :
सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको छ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उखुको मूल्य निर्धारण गरेको हो।
सरकारले यो वर्षका लागि तोकेको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढी हो।
सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा यो वर्षका लागि उखुको बिक्री मूल्य निर्धारण गरेको हो।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको र ढुवानी भाडामा ७० रुपैयाँ सरकारल अनुदान दिने निर्णय भएको गरेको हो।
गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ छ। ढुवानी वापतको अनुदान रकम ७० रुपैयाँ नै कायम गरेर कुल मूल्य ५९० रुपैयाँ प्रति मेट्रिकटन बनाएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए।
सरकारको पछिल्लो निर्णयले उखुको न्यूनतम मूल्य क्विन्टलमा २० रुपैयाँले बढेको छ।
सरकारले यसअघि आर्थिक वर्ष (आव) ०७७/७८ मा उखुको बिक्री मूल्य ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो । सरकारले उत्पादन लागतमा २० प्रतिशत नाफा किसानलाई निश्चित गरेर नयाँ मूल्य तोकिएको हो।
५४० रुपैयाँ क्विन्टलमा उद्योगीले अब किसानसँग उखु किन्नु पर्नेछ। बाँकी ७० रुपैयाँ भने किसानलाई सरकारले अनुदान दिने छ।