.
जनकपुर :
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनताको लाइफलाइन बदल्न मेहनत गरिरहेको बताएका छन्।
शनिबार बिहान सामाजिक सञ्जाल फेशबुकमार्फत पुराना फरार समातिने बताउँदै उनले धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का रहेको बताएका छन्।
.
गृहमन्त्री लामिछानेले अपराधिक गतिविधिमा संलग्न अपराधीलाई पक्राउ नगरेको भन्दै आलोचना हुन थालेपछि उनले यस्तो धारणा राखेका हुन्।
रास्वपाका सभापति समेत रहेका लामिछानेले भोट माग्दा गरेको बाचाहरुको हेक्का रहेको प्रष्ट पारेका छन्।
उनले धुलो धेरै पुरानो भएकाले केहि समय पर्खिनुपर्ने बताएका छन्। ‘पुराना "फरार"हरु समातिन्छ्न् मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ। हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।’
.
गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘मिडियाको हेडलाइन म बदल्न सक्दिन तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु।
धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ!!’