.
जनकपुर :
दाङको घोराही उपमहानगरपालिका-१३ दारेबोट चोकमा गएराति एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१० नारायणपुरका ४५ वर्षीय पूर्ण पुन मगर रहेका छन्।
.
एम्बुलेन्सको ठक्करबाट ग म्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि भैरहवा पुर्याएपछि डाक्टरले मृत घोषणा गरेका थिए।
रोल्पाबाट घोराही आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई गएराति ९ बजे ठक्कर दिएको थियो।
एम्बुलेन्ससहित चालकलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ।
.
.
.