.
जनकपुर :
दक्षिणी झापाको कचनकवलमा प्रेमीप्रेमिका एउटै रुखमा झु-ण्डिएको अवस्थामा मृत फेला परेका छन्।
कचनकवल– ४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झु-न्डिएर आ-त्मह-त्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।
कचनकवल– ४ स्थित एभरेस्ट टी गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर दुबै जनाले आ-त्मह-त्या गरेको पाइएको छ।
अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाटै टोली घटाइएको छ। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने डीएसपी पाठकले बताए।
मृतक राजेशका काका रघुनन्दन राजवंशीका अनुसार केटी पक्षकै दबाबका कारण दुवै जनाले आ-त्मह-त्याको बाटो रोज्नु परेको आरोप लगाएका छन्।
करिब ३ महिना अघि दुवै जनाले भागेर विवाह गरेका थिए। केटा पक्षले भागी विवाहलाई स्विकारे गरे पनि केटी पक्षले त्यसलाई अस्वीकार गरेको रघुनन्दनले बताए। केटीको बुबाले प्रहरीमा केटाविरुद्ध मुद्दा हालेका थिए।
प्रहरीमा मुद्दा परेपछि केटी पक्षले केटा पक्षसँग साढे ६ लाख रुपैयाँ लिएर मुद्दा मिलाएको आरोप लगाउँदै उनले भने, ‘मुद्दा पश्चात् दुवै जना आ-आफ्नै घरमा बसेका थिए, उनीहरूसँगै बाच्न नपाएपछि मृत्युलाई रोजे।’
गत साउनमा तीन जना युवती सामूहिक रुपमा एउटै रुखमा झु-न्डिएर आ-त्मह-त्या गरेको घटना सेलाउन नपाउँदै कचनकवल गाउँपालिका फेरि यस्तो दर्दनाक घटना घटेको स्थानीयवासी बताउँछन्।
.
.