.
जनकपुर ।
गुल्मीमा ट्याक्टरको ठक्करबाट एकजना युवाको मृत्यु भएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर २ पिपलधारामा लु ४ त ७६५६ नम्बरको ट्याक्टरको ठक्करबाट २२ वर्षका सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र श्रेष्ठले बताए ।
.
उनका अनुसार खोलाबाट बालुवा लिएर पिपलधारा लैजाने क्रममा ट्याक्टरमा सवार परियार एक्कासी खस्दा ट्याक्टरको टायरमुनि परेर घटनास्थलमा मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
मृतक परियार अर्को ट्याक्टरको सहचालक रहेको प्रहरीले जनाएको छ । परियारको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ ।
.
.
.