.
जनकपुर —
मदन भण्डारी लोकमार्ग अर्न्तगत सिन्धुलीको मरिण गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
.
वडा नम्बर ७ महेश्वता क्याम्पस चोक नजिक लोकमार्गमा भएको दुर्घटनामा परी वडा नम्बर ४ का ३३ वर्षीय जितेन्द्र माझी र मेषबहादुर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सदरमुकाम सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा ५८ प ९०९८ नम्बरको मोटरसाइकल लोकमार्गको बायाँ किनारमा रोकिरहेको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा सख्त घाइते भएका माझी दाजुभाइको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर ढुंगानाले जानकारी दिए ।
रातको समयमा तीव्र गतिमा रहेको मोटरसाइकलले पार्किङमा राखेको ट्याक्टर नदेख्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको आकलन छ
.
.
.