जनकपुर :
ह-तियार देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोह पक्राउ परेको छ।
एक भारतीय नागरिकलाई ह-तियार देखाएर अपहरण गरी लु-टपाट गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
भारत बिहारका विशाल कुमार पटेवालाई वीरगन्ज महानगरपालिका-६ रेल्वेरोडबाट अपहरण गरी लु-टपाट गर्ने ८ जना पक्राउ परेका हुन्। लु-टेराको समूहले पटेवालाई माघ २६ गते अपहरण गरी लु-टपाट गरेका थिए।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका सद्धाम अन्सारी, वडा नम्बर ११ श्रीपुरका सन्तोष लामा, मोजालिम मियाँ र रोशन थापा, वडा नम्बर २४ रामगढवाका विजय महतो, बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ का नबाब हुसेन, कलैया उपमहानगरपालिका वडा नम्बर २३ का मुकेश पटेल र भारत बिहारको मोतिहारीका इमाम अन्सारी रहेको पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।
बाराको प्रसौनी गाँउपालिका वडा नम्बर १ घर भएका नातामा मामा पर्ने सुभाष साहलाई गत बिहीबार सापटी दिन भनी ६ लाख ५० हजार रुपैया लिएर पुगेका पटवा अपहरणमा परेका थिए।
अपहरणको सूचना पाए लगत्तै प्रहरी निरिक्षक प्रज्वल थपलिया नेतृत्वको टोलीले पछ्याउदै जादा पटवाको साथमा रहेको रकम लुटेर भिस्वामा उनलाइ छाडेर भागेको थियो।
खोजतलासका क्रममा उनीहरूलाई गत बिहीबार नै रेल्वे रोडबाट पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक शाहले बताए।
पक्राउ परेकाहरु यसअघि उक्त गिरोह भारतका विभिन्न आपराधिक घटनामा पनि संलग्न रहेको अनुसन्धानको क्रममा खुलेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।
पक्राउ परेकाहरुको साथबाट अपहरणमा प्रयोग गरेको १ थान पेस्तोल, ५ राउण्ड गोली, ४ लाख ९५ हजार नगद, ना १९ प २८०८, ना ६२ प १०० र बिआर १ सिआर २४२५ नम्बरको गरी ३ वटा मोटरसाइकल पनि बरामद गरिएको गिरीले जानकारी दिए ।
पक्राउ परेका आठै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ।