जनकपुर ।
धनुषाको धनुषाधाममा रहेको रेडियो धनुष ९९.७ मेगाहर्जले विश्व रेडियो दिवस मनाइएको छ ।
ग्रेटर मधेस मिडिया प्रालि द्वारा संचालित रहेको रेडियो धनुषले कर्मचारी सम्मान र उत्कृष्ट कर्मचारीलाई प्रशंसा पत्र तथा मेडल प्रदान गरि रेडियो धनुषले धनुषाधाममा रेडियो दिवस मनाइएको हो ।

ग्रेटर मधेस मिडिया प्रालिका अध्यक्ष तथा रेडियो धनुष ९९.७ मेगाहर्जको स्टेशन प्रमुख मुकेशकुमार ठाकुरको अध्यक्षतामा आयोजना गरिएको औपचारिक कार्यक्रमकाबीच विश्व रेडियो दिवस मनाइएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि आमसंचार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव रहनुभएका थिए ।
कार्यक्रममा बोल्ने अध्यक्ष यादवले पछिल्लो समय रेडियो सञ्चालन व्यवस्थापनमा चुनौती थपिदै जादा रेडियोमा आश्रीत पत्रकारहरु पलायन हुन थालेको भन्दै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन थालिएको छ ।
नेपालमा भने विक्रम संवत् २००३ सालदेखि रेडियो नेपालको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालनमा ल्याइएको थियो । २०५२ सालदेखि एफएम प्रसारण सुरु भएको थियो ।
रेडियोलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ, तर कोरोना महामारीपछि मधेस प्रदेशमा देखिएको आर्थिक सङ्कटको असर रेडियोमा पनि परेको छ ।
आफुले अध्यक्षको जिम्मेवारी पाएको दुई वर्षमा धेरै काम गरेको र मधेसमा रहेको रेडियोहरुको विकासमा धेरै छिटो आमसंचार प्राधिकरण मलहमको रूपमा काम गर्ने बताए ।
कार्यक्रममा रेडियो धनुषका स्टेशन म्यानेजर प्रेम चौहान,कार्यक्रम संयोजक शिवम ईश्वर,बिनिता ठाकुर,निषा अधिकारी,शिमा कापर,चन्दा शिवहरे,कंचन कुमारी ठाकुर,रुवि साह लगाईतका कर्मचारीलाई प्रमुख अतिथि प्राधिकरणका श्यामसुन्दर यादवले प्रशंसाा पत्र र मेडलले सम्मान गर्नुभएको थियो ।