.
जनकपुर :
गौशालामा बेहुलीलाई कुटपिट गरेको आरोपमा ससुरा पक्राउ परेका छन्।
१९ बर्षीया बेहुलीलाई श्रीमान, जेठाजु, ससुरा र नन्दले कुटपिट गरे मिलेर कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न ससुरा रामचन्द्र साह पक्राउ परेका छन्।
.
परिवारले मरणासन्न हुनेगरी कुटपिट गरेको सूचना पाएपछि प्रहरीले साहलाई पक्राउ गरेको हो।
कुटपिटमा संलग्न श्रीमान शैलेन्द्र, जेठाजु लालेन्द्र, नन्द तुली साह फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार साहको परिवारले बेहुलीमाथि ज्यादती गरेको पाइएको छ। पहिले लालेन्द्रसँग विवाह गरेर आएकी उनलाई देवर शैलेन्द्रसँग शारीरिक सम्पर्क गर्न परिवारले नै दवाव दिएको थियो।
आफूलाई श्रीमान तथा परिवारको दवावमा देवरले शारीरिक सम्बन्ध राखेर मानसिक पीडा दिएको भन्दै एक साता अघि प्रहरीमा उजुरी दिएकी थिइन्।
स्थानीय छिमेकीले उनलाई शैलेन्द्रसँग विवाह गराइदिएका थिए। विवाह भएको २४ घण्टा नवित्दै कुटपिट भएको प्रहरीले जनाएको छ।
कुटपिटबाट घाइते उनको उपचार भइरहेको छ भने फरार रहेकाको खोजी जारी छ।