.
जनकपुर ।
तराई मधेशको सुनसरीस्थित एक बर्षे बालिकालाई फालेर भाग्दा स्थानीयहरुले उद्धार गरेको छ ।
सुनसरीको भोक्राहा नरसिंह वडा नम्बर ७ स्थित नरसिंह र भुटाहा जोड्ने हुलाकी राजमार्ग नजिकै बाँसको घारी फालिरहेको अवस्थामा बेवारिसे बच्चा फेला परेको छ ।
Advertesmentad
बच्चा कसको र कसले बेवारिसे अवस्थामा छाडेको भन्ने जानकारी प्राप्त भएको छैनन् । स्थानीय प्रहरीले यस प्रकरणको विषयमा अनुसन्धान थालेको जनाएको छ ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार एकजना पुरुष र महिला पल्सर मोटरसाइकलमा आएर बच्चालाई बेवारिसे अवस्थामा छोडेर पुनः मोटरसाइकलमा चढेर भागेको बताएका छन् । सभार :न्यूज ब्यूरो
.
.
.
.