.
जनकपुर :
पर्साको धोबिनी गाउँपालिका-३ मा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्साकै सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ एकडरवाका विनय यादवका छोरा १४ वर्षिय दिपेश यादव रहेका छन्।
.
मधेस प्रदेश ००६प ५६५८ नम्बरको मोटरसाइकल हरिहरपुर–लंगडी सडकखण्डको नहरको पुलको रेलिङमा ठोक्किर पुल मुनि खस्दा त्यसमा सवार दिपेशको घटनास्थलमै मृत्यु भएको हो।
शुक्रबार राति जगरनाथपुर स्थित नातेदारको घरबाट एकडरवा स्थित घरतर्फ फर्कंदै गरेका दिपेश सवार मोटरसाइकल पुल मुनि खसेको थियो।
दुर्घटना बारे खबर पाएलग्त्रै घटनास्थलमा शुक्रबार राति नै पुगेको इलाका प्रहरी कार्यालय लंगडी र पोखरियाको टोलीले शव पोष्टमार्टमका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाएको पर्साका प्रहरी प्रवत्तःा प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए।
.
.
.
.