.
जनकपुर ।
सहमतीय राष्ट्रपतिको उपयुक्त पात्र महन्थ ठाकुर रहेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का शीर्ष नेताहरूले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटवार्ता गरेका लोसपाका शीर्ष नेताले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेका हुन् ।
.
‘सहमतीय राष्ट्रपतिका लागि महन्थजी उपयुक्त पात्र भन्ने प्रस्ताव लिएर प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीजीसँग भएको भेटवार्तामा सकारात्मक कुरा भएको छ,’ लोसपाका शीर्ष नेता राजेन्द्र महतोले भने, ‘सोही क्रममा आज कांग्रेस सभापति देउवाजीसँग भेटवार्ता गर्दैछौं ।’ उनका अनुसार सभापति देउवासँग बिहान ९ बजे भेटवार्ता हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पूर्व सहमति तोडेर सहमतीय राष्ट्रपतिको अडान लिएपछि राजनीतिक दलहरु बीच भावी राष्ट्रपतिका लागि दौडधुप चलिरहेको छ ।
.
.
.
.