.
जनकपुर ।
कुटपिट मुद्दामा फरार रहेका सात जना प्रतिवादी पक्राउ परेका छन्। बुधवार धनुषा प्रहरीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेका हो।
ईलाका प्रहरी कार्यालय औरही, वडा प्रहरी कार्यालय मुजेलिया र प्रहरी चौकी गिद्दा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता एवं नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
पक्राउ पर्नेहरूमा बिदेह नगरपालिका ६ का सोमन खत्वे, सोही ठाउँका जानकी देवी र जय शंकर खत्बे, औरही गाउँपालिका २ का बेचन यादव र भोला यादव, जनकपुरधाम उपमहानगरपालिका १४ का हरे राम साह र राम सिनेही रहेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सातै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत धनुषामा पठाइएको छ।
.
.
.
.
.
.