.
जनकपुर ।
चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरमा आन्दोलन सुरु गरेको छ।
भूमिहीनहरुलाई तत्काल आवाससहितको जग्गाको व्यवस्था हुनुपर्ने, चुरे दोहन तत्काल रोक्नुपर्ने लगायतका माग गर्दै अभियानले बिहीबारबाट मधेश प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गरेको हो।
सोही क्रममा मुख्यमन्त्री कार्यालयमा धर्ना दिइएको छ। भूमिहीनलाई जग्गा देउ, दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर, चुरे दोहन रोकलगायतका नाराबाजी गर्दै उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ गरे।
आफूहरुले विगतमा राख्दै आएको माग पूरा नभएपछि मधेश प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गर्नु परेको अभियानमा संरक्षक सरोज रायले बताए। उनले भने, ‘आफूहरुको माग पूरा नभए अनिश्चितकालीनमा धर्नामा बस्न बाध्य हुनेछौं।’
मधेश सरकारले आफूहरुले विगतमा राखेको पाँच सुत्रीय माग सम्बोधन गरेपछि सो आन्दोलन सुरु गर्न बाध्य हुनु परेको अभियानले जनाएको छ।
.
.
.
.
.