.
जनकपुर ।
धनुषा प्रहरीले चोरी गर्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–१ का २२ ऋषिकुमार ठाकुर रहेको प्रहरीले जनाएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका–६ तारापट्टिका श्याम साहको घरमा चोरी गरिरहेको अवस्थामा ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश गौतमले जानकारी दिए ।
ठाकुरलाई साहको घरभित्र प्रवेश गरी चोरी गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तारापट्टीबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।
यता,चोरी गरिरहेकै क्रममा पक्राउ परेका ठाकुरमाथि घटनास्थलमै कारबाही हुनुपर्ने माग गर्दै पीडित परिवार र स्थानीयले चक्काजाम गर्दै टायर बालेर विरोध प्रदर्शन पनि गरेका थिए ।
पीडित परिवारले चोरी गरिरहेकै क्रममा पक्राउ परेका ठाकुरलाई आफूहरुले नै ठाउँका ठाउँ कारबाही गर्न पाउनुपर्ने अडान राख्दा प्रहरीसँग भनाभनसमेत भएको डिएसपी गौतमले बताए ।
तर, पीडित परिवारले भने प्रहरीले चोरलाई संरक्षण दिएर भगाउन खोज्दा आफूहरुले विरोध जनाएको बताएका छन् ।