.
जनकपुरधाम ।
धनुषामा प्रहरीकै गाडीबाट भागेका थुनुवा पक्राउ परेका छन् ।
गत आइतबार साँझ जिल्ला अदालत धनुषाबाट म्याद थप गराई इलाका प्रहरी कार्यालय सबैला लगिरहेको बेला ब-लात्कार मुद्दाका आरोपी सबैला नगरपालिका-१३ का २८ वर्षीय राजाबाबु मुखिया फरार भएका थिए ।
प्रहरीको गाडीबाट हाम फालेर भागेका मुखियालाई नेपाल भारतको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको प्रहरीले बताएको हो ।
गत आइतबार साँझ जनकपुरबाट फर्किँदै गर्दा थुनुवा मुखिया प्रहरीकै गाडीबाट कमला नहरमा हाम फालेर भागेका थिए ।
.
.
.
.
.