.
जनकपुरधाम ।
जनकपुरधामदेखि लगतै धनुषाको रमदैयास्थित रहेको राजदेवी मन्दिरबाट मूर्ति चोरी गरका चोरहरुलाई पक्राउ नगरेको भन्दै चक्काजाम गरिएको छ ।
बुधबार जनकपुरधाम–ढल्केवर सडकखण्ड अन्तर्गत स्थानीयहरुले मूर्तिचोरलाई यथाशिघ्र पक्राउको माग गर्दै चक्काजाम गरेको हो ।
शनिबार विहान रमदैया भवाडीस्थित रहेको हिन्दुहरुको देवी राजदेवीको मन्दिरबाट चाँदीको मूर्ति चोरी गरिएपछि हिन्दुहरु आक्रोसित छन् ।
हिन्दु धर्मावलम्बीहरुको भावनामा ठुलो ठेस पुरयाएको भन्दै चोरलाई यथाशिघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै चक्काजाम गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले मन्दिरमा लागेको सिसिटिभी क्यामेरामा चोरहरुको आधी अनुहार देखिएपनि उनीहरुलाई अझै पक्राउ गर्न नसकिएको भन्दै चक्काजाम गरिएको हो ।
स्थानीयहरु, हिन्दु सम्राटका युवाहरुले बीच राजमार्गमै बसेर चक्काजाम गरेका हुन् । चक्काजामले दुवै तर्फबाट चल्ने सवारी साधन जकथक भएको छ ।
स्थानीयहरुले प्रहरी प्रशासन आएर उनीहरुलाई सिमित समयमा पक्राउको प्रतिवद्धता नजनाएसम्म चक्काजाम राख्ने अडान लिएका छन् । न्युज ब्युरो
.
.