.
जनकपुर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका सप्तरीस्थित शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको सिलसिलामा साह र उक्त नगरपालिकाका नगरप्रमुख जितेन्द्र प्रसाद गुप्ताले मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको पुष्टि भएपछि बुधबार विशेषमा आरोपपत्र दायर गरिएको हो ।
गुप्ता र साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगोसहित एक लाख ४० हजार रुपैयाँ जरिवाना र कैद माग गर्दै विशेषमा आरोपपत्र दायर गरिएको जानकारी प्रवक्ता दाहालले दिए ।
गत माघ तीन गते साहलाई इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
आयोगको अनुसन्धानपछि नगरप्रमुख गुप्ताको समेत संलग्नता पुष्टि भएको थियो ।
.
.
.
.